सुर्यास्त । डाँडाले सुनौलो किरणलाई छ्याक्क आधा पारेको जस्तो!!
तल पिकनिक गर्न आएका ठिटाहरू मादलको तालमा, र अरू के को नशामा हो, कुन्नी, साँझ सम्म नाची रहेका थिए !
इमिरेट्स् को चिलगाडी उड्यो !
अनि रमणीय हिमालयको दर्शन गर्दै,
उपत्यकाको एक फन्को लगाएर पश्चिमतिर हुत्तियो
बाबाले सब दूरबिनले नियाली रहेको थियो
सुर्यास्तको लालीले आकाशलाई छाड्दै गयो
आखिरी बिदाइ अघि आकाश एक पटक फेरि धपक्क बल्यो
भोली पल्ट सबेरै, छोबाभमरेका तीखा दाँत आकाश चपाउन खोज्दै
७ भञ्ज्याङ पर छ हिमालको काख
हिमाचूली र मनासलू सबै भन्दा पहिला उठे
बिस्तारै अरू हिमालहरू पनि जुर्मुराए, उपत्यका अझै निदाएकै छ
हेमु दाजु, माछापुछ्रे उ त्यही हो, छाँया सहित !
लप्सीको बोटबाट लामपुछ्रेले पनि हिमाल नियालदै थियो
उपत्यकामा घाम झुल्कियो
म कौसीको कुनामा बसेर तस्बीर खिच्दै थिएँ
पर्यटकलाई हिमाल दर्शन गराएका प्लेनहरू भकाभक आउन थाले, कि उड्न थाले
त्यसै गरि बडेमाका जेटहरू पनि जाने आउने गर्न थाले ।
ज्यामिरे देखि गौरीशंकर सम्म
बाबाले दूरबिनले नियाल्दा नियाल्दै एउटा गजबको कुरो पत्ता लगायो । गणेश हिमालको क्लोन, अरे ! यो जुगल हिमालमा,
यो पाबिल !
सक्कली गणेश हिमाल नेपथ्यमा पार्दै आकुरी माकुरी!!
ग्वार्कोको तार, धुलो, हिलटेक, मारुति र थाई !
3 comments:
Cheelgaadi ra Himalle mero man lagyo. Kata kasta photaaharu khichna sakne holaa Baabai! Dhanyabaad!
तस्वीरहरू त गज्जबका छँदैछन्, तर नेपाली 'प्रत्यक्ष वर्णन" सशक्त छ। बधाई छ। हाम्रा हिमला प्रेमी र हबाइजहाज-प्रेमीहरूलाई त यो ब्लग पुराण नै लाग्यो होला!
दादा।
these are pictures of mountains and aircraft that I have always wanted to take!!
Post a Comment