28 November 2015

यो पालीको मदन र जगदम्बा श्री पुरस्कार समारोह

यो वर्षको मदन पुरस्कार समारोह निकै रोचक रह्यो । एक त नौरथामा नभई भारतीय नाकाबन्दीका कारण मङसीरमा धकेलियो । यो समरोह ऐतिहासिक पनि भयो ।  जसले २०१४ साल (म जन्मिएको वर्ष) मा आफ्नो बिदेशमा पढ्दै गरेको छोराका तर्फ रानी जगदम्बाबाट मदन पुरस्कार थाप्नु भएको थियो, आज, तिनै रानीका नाममा स्थापित जगदम्बा श्री पुरस्कार आफ्ना बुहारीले पाएको हेर्न आइसेको थियो । १०० वर्ष कटेकी वहाँ  मेरी बुढीसासू , चन्द्र कुमारी जोशी हो - स्व० डा० बलराम जोशीकी आमा, र  ८५-वर्षिया अंगूर बाबा जोशीकी सासू ।
यस वर्षको मदन पुरस्कार "खुशी" नामक पुस्तकका लागि विजय पाण्डेलाई अर्पण गरिएको थियो ।
 
कार्यक्रम शुरु हुनु भन्दा अघि सासु र बुहारी मदनकृष्णजी र शान्ति मिश्रजीका साथ
५८ वर्ष अघि रानी जगदम्बाबाट छोराले फाएको मदन पुरस्कार (पहिलो पुरस्कार) ग्रहण गर्दै 'कलीलो' मुवा
 मञ्चमा मदन पुरस्कार गुठीका अध्यक्ष, दादा (कमल मणि) कुरेर बसिरहेको थियो
 मुख्य अथीति लीलामणि पौड्यालका साथ दादा रा दाजी (कुन्द)
 आफ्नो स्वागत मन्तव्यमा दादाले  आजको समारोह ऐतिहसिक भएको भन्दै, दम्पतिका नाममा स्थापित पुरस्कारहरू झण्डै ६ दशकको अन्तरालमा दम्पतिले नै पाएको कुरा औँलायो ।
 दर्शकमा मामीका  परिवार पनि मौजुद थिए... यहाँ ज्वाँइ, छोरि, प्रभा, ज्योती, नातीनी कृपा रा छोरा किरण। र पछाडि भदै बन्दना । मामी को भाई महेशमामा पनि आइसेको थियो
 सबै भन्दा पहिले मामीलाई स्टेजमा शान्ति मिश्र र चितरञ्जन नेपालीज्यूले 'ओल्क्याउँदै' लग्नु भयो
पुरस्कार ग्रहण गर्दै मामी, छाँयामा पनि ! (यो फोटो कृपाले खिचेको)
चाँदीको सम्मान पत्र
 अनि रू २ लाखको नगद पुरस्कार... दिनेको हात तल पार्ने क्रममा दादा
 दाजीले मामीलाई रकम संहाल्न मद्दत गर्दै, मिलन हेर्दै
 त्यस पछि स्टेजमा बिजयजी लाई 'ओल्क्याइयो'
 बिजयजीको आरती गरिँदै
 पुरस्कार पाएपछि
 माला मिलाउँदै शान्ता
 त्यसपछि विद्वत प्रवचन गर्दै लीलामणिजी । वहाँले मदन पुरस्कारको स्थायित्व प्रति सोच्न दादालाई आग्रह गर्नु भयो ।
प्रवचन सुन्दै मामी...
... र विजयजी
 दादा र विजयजी

 

प्रवचन सुन्दै मञ्चबासी 

मामीले आफ्नो मन्तव्य दिनु अघि मन्त्रोचारण गर्दै 
 मामीले घर्म निरपेक्ष्यताका बारेमा बोलीस्यो, र पुरस्कार रकम सबै समाज सेवामा समर्पण गर्ने कुरा गरिस्यो। मामीको कुरा सुनेर मन्द मुस्कान झार्दै दाजी
 दर्शक (नाकाबन्दी सिर्जित तेलाभावका बावजूद)
 विजयजीले निकै लामो बोल्नु भयो, तर निकै मार्मिक र हँसाउने तरिकाले ... एउटा प्रखर 'शोम्यान' सरि दर्शकलाई मुग्द पार्नु भयो 
 लीलामणिज्यूलाई इमेलको प्रसंगले हँसायो भने...
 दादालाई ३१ वर्ष अघि एउटा नवयुवकलाई 'अहिले तिम्रो लेख्ने बेला भएको छैन, २-३ वर्ष पछि आउनु' भन्ने सम्झनाले
 दादाको तीन पुस्तक बितरण गरिँदै
 दाजीबाट धन्यबाट ज्ञापनका साथै कार्यक्रम अन्त्य भयो
 अन्तयको फोटो, पुरस्कृत व्यक्तित्वका साथ
अनि मुवाका साथ पनि 
 अनि परिवारका साथ
 मुवासँग दुइचार कुरा गर्दै लीलामणिज्यू
बिहे गरेको २४ वर्ष पुगेकोमा बिजय दम्पति खुशीको हाँसो छर्दै ( एउटा माला मामी सँग सापट्टि लिइएको थियो!) 
 समारोह पछि ४ पुस्ताका जोशी महिलाहरू (यो फोटो, र तलको पनि दाजीले खिचिदिएको)
५ पुस्ताका जोशी महिलाहरूसित दादा पनि
 बिजयजी सित बाबा र म (बाबको फोनबाट खिचेको)

 
 घर फर्किए पछि बुवाको फोटो सँगै मामी । एक मदन पुरस्कार बिजेता , अर्को जगदम्बा श्री, क्या गज्जब!